प्रचण्डलाई माया गरेर कांग्रेसले ५ बर्षे प्रधानमन्त्रीको अफर नगरेको भन्दै ओलीले भने-हामीलाई एक्सिलेटर बटारेझैँ बटार्न खोज्ने आफै पछारिन्छन



एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् ।
शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन भनि आएको अफर वाम गठबन्धनलाई टुटाउनको लागि मात्रै भएको बताए ।
‘बाम गठबन्धनको बहुमत रहेको छ । विकास गर्ने संकल्प गरेको छ । तर, गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने, ‘ त्यो काम लाग्दैनन् । हामीले राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौं ।’
उनले अगाडि भने, ‘हामी बटारिएर गजबको बाटो हिँड्दैनौं , कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन्। उहाँलाई मायाँ गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् । देश बिथोल्न खोजेका हुन् । यो बिथोल्न सम्भव छैन । हामी थुप्रै अनुभवसहित आएका छौं । जनताले हैसियत दिएका छन् ।’
कसैको प्रलोभनमा कोहि पनि नपर्ने भन्दै ओलीले गलत बाटो समाउने कुरा असम्भव रहेको बताए । यस्तै विकास, स्थीरता र समृद्धिका लागि वाम सरकार अनुकूल हुने पनि स्पष्ट पारे ।
२ नम्बर प्रदेशबाहेक सबैमा वाम सरकार बन्ने भन्दै ओलीले स्थानीय तहमा पनि २० हजार बढी प्रतिनिधि वामपन्थी रहेकाले विकासले फड्को मार्ने दाबी गरे ।
वाम गठबन्धनले सबैसँग मिलेर अघि बढ्न चाहेको भन्दै ओलीले भने, ‘ एक्काइसौं सताब्दी हो कसैको सहारा लिएर हिँड्दैनौं । लोकतान्त्रिक पार्टी भएकाले कानुनी राज्य, सुशासन र भ्रष्टचार नियन्त्रण प्रमुख प्राथमिकता हो ।’
कांग्रेसले लोकतन्त्रको कुरा गर्दै हिँडेपनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप समेत ओलीले लगाए । ओलीले तत्काल माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुन नसकेपनि वाम सरकार बन्ने समेत सो क्रममा बताए ।

यस्तै प्रचण्डले शान्ति, सुशासन र सम्वृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याए ।
उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको भन्दै सम्वृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उल्लेख गरे ।
राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफूहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए ।
यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटन विकास र ऊर्जाविकासमार्फत देशको समृद्धि सम्भव रहेको बताए । अब राजनीतिक प्रयोगमा लड्ने भन्दा पनि संविधानले दिएको म्याण्डेटअनुसार अघि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न