राजपाका नेताले भने प्रचण्ड प्रधानमन्त्री बन्छन,‘किङमेकर’ उनै हुन्,ओली प्रधानमन्त्री नहुने भन्दै यस्तो तथ्य सुनाए



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था छैन्।’

नेता कर्णले एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धनमा को अध्यक्ष बन्ने र को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले कुनै निश्चित नभएको जिकिर गरे । उनले भने,‘को के बन्ने भन्ने कुराको कुनै निश्चित छैन, यो कुरा गर्भमै छ।’

साक्षात्कारमा उनले आफूहरु पनि सरकारमै जानको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने,‘मैले धेरै पहिल यही क्लबको मञ्चमा भनेको थिएँ, हामीले राजनीति गरेको कुनै साधु वा सन्त बन्नकोलागि होईन, राजनीतिको मुल कोर्स भनेको नै सरकार हो नि।’ यद्धपी उनले आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे ।

नेता कर्णले भने,‘हामी त अहिले पनि आन्दोलनमै छौं, यो निर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गरेको हो, अब हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन।’ उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको विश्वास दिलाए । उनले भने,‘मैले माथि भनेकोजस्तो यी दुई मुद्दामा वचनवद्धता दिए, हामी अलमलमा पर्दैनौं, सरकारमा जान्छौं।’

सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित आफ्ना नेता रेशम चौधरीले पुष्टि गसिकेको पनि उनले जिकिर गरे । ‘त्यसैले अबको सरकारले झुठा मुद्दा फिर्ता गर्नुपर्छ, धेरै कामहरु यसअघिका सरकारले गरिसकेको छ, अब आउने सरकारले निर्णय गरे हुन्छ–कर्णले थपे।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली पनि यही देशको पार्टीका नेता भएकोले उनीप्रति आफूहरुको कुनै बहिरभाव वा तुष नरहेको स्पष्ट पारे । उनले भने,‘हामी कसैलाई साथ वा कसैलाई बाईकट भन्दापनि ईस्युमा केन्द्रित छौं।’ त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलको सरकार बन्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...