देउवाले सत्ता लम्ब्याउन अर्को चालबाजी गर्दै,एमालेलाई देखाईदिने भन्दै यति सम्म गर्दैछन् देउवा



हाम्रो इकोनोमि

सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभालाई पूर्णता दिएर मात्रै बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएसँगै सरकारले प्रदेश प्रमुख नियुक्तिको बाटो खुलेको भन्दै प्रमुख नियुक्ति गर्ने तयारी चलिरहेको जनाएको छ ।

कानून मन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने संवैधानिक प्रावधान अनुसार अध्यादेश प्रमाणिकरण भएकोले अब त्यसको गाँठो फुकेको प्रतिक्रिया दिए । उनले अब यही सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेशसभालाई पनि पूर्णता दिने जानकारी दिएका छन् ।

हाम्राकुराले गरेको वार्तामा थापाले भने अब केहिले छेक्दैन । यही सरकारले राष्ट्रिय सभालाई पनि पूर्णता दिनको लागि प्रदेश प्रमुखको नियुक्ति गर्दछ । यद्यपि अहिले तत्काल प्रदेश प्रमुख नियुक्त नगर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

उता, सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने भनिरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने केही समय अघि नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ नखाने घोषणा गरिसकेका छन् ।

संसद्को ठूलो दलका अध्यक्षले बोलेको यो अभिव्यक्ति र प्रदेश प्रमुख नियुक्त गरेर जाने सरकारको निर्णयले फेरि सरकार पक्ष र प्रतिपक्षबीच टकराव सिर्जना हुने देखिएको छ ।
अहिले सरकारले प्रदेश प्रमुख तोकेर गयो भने केपी ओलीले आफ्ना सांसद्हरुलार्इ सपथ खान नै रोक्लान् कि आफ्नो अभिव्यक्ति फिर्ता लेलान् भन्ने बारेमा भने अहिले नै केही भन्न सकिने अवस्था देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...