भगवती चौधरीलाई धाधली गरेर हराएको भन्दै सर्वोच्चले छलफल गर्न विजय गच्छदारलाई बोलायो



सर्वोच्च अदालतले मतगणनामा धाँधली भएको भन्ने उजुरीमा छलफल गर्न नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारलाई बोलाएको छ।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले हालेको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले गच्छादार लगायत निर्वाचन आयोग र अन्यलाई छलफलमा बोलाएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ जना न्यायाधीशको संवैधानिक इजलाशले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो।

सर्वोच्चले निर्वाचनमा धाँधली भएको भनी परेको निवेदनमा कारणसहित लिखित जावफ पेश गर्न सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

नेपाली कांग्रेसका नेता गच्छादारले मतगणनामा धाँधली गरेको भन्दै चौधरीले मंगलबार सर्वोच्चमा उजुरी दर्ता गराएकी थिइन्। मंसिर २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गरेकी छन्।

सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन्। चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको दाबी गरिएको छ।

चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको थियो।

सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक