कराँतेमा नेपाल च्याम्पियन



हाम्रो इकोनोमि

यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।

एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ ।

यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते डो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ एपिएफ प्रथम हुँदै रु ५१ हजार, सुदूरपश्चिमाञ्चलले दोस्रो हुँदै रु ३१ हजार तथा पश्चिमाञ्चलले रु २१ हजार पुरस्कार प्राप्त गर्दै तृतीय भएको छ । प्रतियोगितामा नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच र बंगलादेशका नौ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...