कराँतेमा नेपाल च्याम्पियन



यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।

एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ ।

यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते डो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ एपिएफ प्रथम हुँदै रु ५१ हजार, सुदूरपश्चिमाञ्चलले दोस्रो हुँदै रु ३१ हजार तथा पश्चिमाञ्चलले रु २१ हजार पुरस्कार प्राप्त गर्दै तृतीय भएको छ । प्रतियोगितामा नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच र बंगलादेशका नौ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का