नारायणगढ–मुग्लिन सडकखण्ड बेलुका १० बजेबाट विहान ४ बजेसम्म बन्द



हाम्रो इकोनोमि

निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डमा आगामी सातादेखि राती गाडी चलाउन रोक लगाइने भएको छ। बाँकी रहेको पहाड कटिङ गरि यसै बर्ष कालोपत्रे गरिसक्ने भन्दै आयोजनाले पुस १८ गतेबाट रातको समयमा सवारीसाधन चलाउन रोक निर्णय गरेको हो।

आयोजनाले सूचना प्रकाशन गर्दै पुस १८ गतेबाट अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि राती १० बजेबाट विहान ४ बजेसम्मका लागि सवारीसाधनको आवतजावत बन्द गरि स्तरोन्नतीको कामलार्इ तिव्रता दिने जनाएको छ।

साथै दिउँसोको समयमा कालोपत्रेको काम भैरहेको स्थानहरुमा सवारीसाधनलार्इ व्यवस्थापन गरि एकतर्फी रुपमा छोडिने बतार्इएको छ।

रातको समयमा काठमाडौंबाट नारायणघाट तर्फबाट जाने यात्रुवाहक सवारीसाधनका लागि दासखोला पुल वा अन्य अनुकुल स्थानमा र मालवाहक सवारीसाधनहरुलार्इ जंगल वा अन्य अनुकुल स्थानमा रोकिने बतार्इएको छ।

काठमाडौं तर्फबाट आउने सवारीसाधनलार्इ मुग्लिनमा र पोखरातर्फबाट आउने सवारीसाधनलार्इ वेनीटारमा रोकिने विन्दु बनार्इएको छ।

मालवाहक गाडीको हकमा काठमाडौं तर्फबाट आउने सवारीसाधनलार्इ लेवाटारमा र पोखरा तर्फबाट आउने सवारीसाधनलार्इ आबु खैरेनीमा रोकिने जनाएको छ।

आयोजनाले वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...