नारायणगढ–मुग्लिन सडकखण्ड बेलुका १० बजेबाट विहान ४ बजेसम्म बन्द



हाम्रो इकोनोमि

निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डमा आगामी सातादेखि राती गाडी चलाउन रोक लगाइने भएको छ। बाँकी रहेको पहाड कटिङ गरि यसै बर्ष कालोपत्रे गरिसक्ने भन्दै आयोजनाले पुस १८ गतेबाट रातको समयमा सवारीसाधन चलाउन रोक निर्णय गरेको हो।

आयोजनाले सूचना प्रकाशन गर्दै पुस १८ गतेबाट अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि राती १० बजेबाट विहान ४ बजेसम्मका लागि सवारीसाधनको आवतजावत बन्द गरि स्तरोन्नतीको कामलार्इ तिव्रता दिने जनाएको छ।

साथै दिउँसोको समयमा कालोपत्रेको काम भैरहेको स्थानहरुमा सवारीसाधनलार्इ व्यवस्थापन गरि एकतर्फी रुपमा छोडिने बतार्इएको छ।

रातको समयमा काठमाडौंबाट नारायणघाट तर्फबाट जाने यात्रुवाहक सवारीसाधनका लागि दासखोला पुल वा अन्य अनुकुल स्थानमा र मालवाहक सवारीसाधनहरुलार्इ जंगल वा अन्य अनुकुल स्थानमा रोकिने बतार्इएको छ।

काठमाडौं तर्फबाट आउने सवारीसाधनलार्इ मुग्लिनमा र पोखरातर्फबाट आउने सवारीसाधनलार्इ वेनीटारमा रोकिने विन्दु बनार्इएको छ।

मालवाहक गाडीको हकमा काठमाडौं तर्फबाट आउने सवारीसाधनलार्इ लेवाटारमा र पोखरा तर्फबाट आउने सवारीसाधनलार्इ आबु खैरेनीमा रोकिने जनाएको छ।

आयोजनाले वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...