कमल थापालाई मुख छोडे पछी शहरी बिकाश मन्त्री गिरी यसरी भए बर्खास्त



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन्।

सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर उपप्रधानमन्त्री थापा तथा मन्त्री गिरीबीच मतभेद भएपछि बिहीबार नै क्याबिनेट बैठकमा थापाले गिरीलाई राजीनामा दिन आदेश दिएका थिए। मन्त्री गिरीले ‘मैले राजीनामा तपाईँलाई होइन, प्रधानमन्त्रीलाई दिने हो’ भनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री थापाले शुक्रबार उनको बर्खास्तगीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा त्यसबारे सूचित गरेको बुझिएको छ। थापाको पत्रअनुसार गिरी केहीबेरमै पदमुक्त हुने प्रधानमन्त्री निकट स्रोतले देशसञ्चारलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...