गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : लालबाबु पण्डित



हाम्रो इकोनोमि

एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दाबी गरेका छन्।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गरेका थिए।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै कुशल विकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरूलाई स्वदेशमै काम दिएर विदेशबाट आएको रेमिट्यान्सले देश चलाउने कामको अन्त्य हुने बताए।

उनले २० वर्षमै नेपाललाई दातृ राष्ट्रको रूपमा समेत विकास गर्न सकिने दाबी गरे। उनले राष्ट्रिय सभाको विधेयक एक दुई दिनभित्र नै राष्ट्रपतिद्वारा सहमतिका आधारमा वा संशोधनबाट पारित हुने जानकारी दिँदै राष्ट्रपतिलाई विवादमा तान्ने काम गलत भएको बताए।

प्रदेशको राजधानीका विषयमा वृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै उनले प्रदेश राजधानी बनाउनुभन्दा पहिला व्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलिका पिढीले अनुभूत गर्ने बताए।

वामगठबन्धनको एकीकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँट पश्चात पार्टी एकीकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...

सभामुखको राजीनामा माग्दै मधेशमा प्रदर्शन

    मधेश प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्...