लुम्बिनी विकास बैंकले २० करोड ८ लाख बराबरको हकप्रद जारी गर्ने



हाम्रो इकोनोमि

लुम्बिनी विकास बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई `१०:१’ को अनुपातमा हकप्रद निष्काशनको अनुमति दिएको हो ।

बैंकले २० करोड ८ लाख बराबरको २० लाख ८ हजार ८ सय ७८ दशमलव २७ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गते सम्म कायम शेयर धनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा १० प्रतिशत हकप्रद निष्काशनपछि बैंक को चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...