इपिएल क्रिकेटः भैरहवा फाइलनमा



एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले भैरहवालाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफमा भैरहवाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

भैरहवाको जीतमा प्रथम सालुङ्गेले सर्वाधिक ३२ रनको योगदान दिए भने रोहितकुमार पौडेलले २८, भूपेन्द्र थापाले १९ तथा पुनित मेहराले १४ रन जोडे । त्यसैगरी राहुल यादव र कप्तान शरद भेषवाकारले ९–९ रन जोडे भने आरिफ शेखले ६ तथा प्रदीप ऐरीले ५ रन जोडे ।

ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले २–२ विकेट लिए भने सन्दीप लामिछाने र रसिद खानले १–१ विकेट झारे । यता ललितपुरले २० पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन जोडेको थियो । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए भने सन्नी पटेल २४, दीपेश भण्डारी २२, कप्तान ज्ञानेन्द्र मल्ल २०, शंकर राना १२ तथा सोनु तामाङले १० रन जोडे ।

भैरहवाका पुनितले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले १–१ विकेट हात पारे । शनिबार हुने फाइनल खेलमा विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा