साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार, कारोवार भने उत्साहजनक



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा झरेको छ।

आज १६२ कम्पनीका १८ लाख ६१ हजार कित्ता शेयर ८१ करोड रुपैयाँमा कारोबार भयो। यो अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो। बुधबार करिब ७६ करोड रुपैयाँको कारोबार भएको थियो। तिब्र गतिमा घटेको बजार सुधार उन्मुख भए लगत्तै खरिद बिक्री बढेको थियो।

बिहीबार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको २२ करोड ८० लाख रुपैयाँको कारोबार भयो । स्ट्याण्डर्ड चार्टड बैंकले घोषणा गरेको शतप्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले लगानीकर्ता उक्त कम्पनीमा आकर्षित भएका हुन्।

कारोबारमा आएका १० उपसुचाक तीन उपसूचक बढेका छन् भने सात उपसूचक घटेका छन्। ट्रेडिङ २.५२, होटल ०.३४ र अन्य ०.१४ प्रतिशतले बढेका छन्। बैंक १.३३, विकास बैंक ०.७८, जलबिद्युत ०.३४, फाइनान्स ०.०८, बीमा ०.०५, उत्पादनमुलक ०.०२ र लघुवित्त ०.१८ प्रतिशतले घटेका छन्।

महुली लघुवित्त वित्तीय सस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन्।नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...