साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार, कारोवार भने उत्साहजनक



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा झरेको छ।

आज १६२ कम्पनीका १८ लाख ६१ हजार कित्ता शेयर ८१ करोड रुपैयाँमा कारोबार भयो। यो अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो। बुधबार करिब ७६ करोड रुपैयाँको कारोबार भएको थियो। तिब्र गतिमा घटेको बजार सुधार उन्मुख भए लगत्तै खरिद बिक्री बढेको थियो।

बिहीबार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको २२ करोड ८० लाख रुपैयाँको कारोबार भयो । स्ट्याण्डर्ड चार्टड बैंकले घोषणा गरेको शतप्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले लगानीकर्ता उक्त कम्पनीमा आकर्षित भएका हुन्।

कारोबारमा आएका १० उपसुचाक तीन उपसूचक बढेका छन् भने सात उपसूचक घटेका छन्। ट्रेडिङ २.५२, होटल ०.३४ र अन्य ०.१४ प्रतिशतले बढेका छन्। बैंक १.३३, विकास बैंक ०.७८, जलबिद्युत ०.३४, फाइनान्स ०.०८, बीमा ०.०५, उत्पादनमुलक ०.०२ र लघुवित्त ०.१८ प्रतिशतले घटेका छन्।

महुली लघुवित्त वित्तीय सस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन्।नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...