उन्नति माइक्रोफाइनान्सको एक लाख ६५ हजार कित्ता सेयर आउँदै



माइक्रोफाइनान्सले पुस २१ गतेदेखि एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

संस्थाले प्रति साधारण शेयर एक सय रुपैयाँमा एक लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणहरुको लागि रहेको छ। त्यस्तै निष्काशन मध्ये ६६ सय कित्ता कर्मचारीहरुको लागि ८ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको हो।

लगानिकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता तथा अधिकतम ८ सय २० कित्ताको लागि दिन सकिने संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आवेदन छिटोमा २५ तथा ढिलोमा माघ ५ गते वन्द हुने क्यापिटलले जनाएको छ। साधारण शेयरको आवेदन आश्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ।सर्वसाधारण शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ हुनेछ। जसमा सर्वसाधारण तर्फ ३० प्रतिशत अर्थात एक करोड ६५ लाख रुपैयाँ र संस्थापक तर्फ ७० प्रतिशत अर्थात तीन करोड ८५ लाख रुपैयाँ हुनेछ।

प्रतिक्रिया दिनुहोस
सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

सुनको भाउ घट्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ