उन्नति माइक्रोफाइनान्सको एक लाख ६५ हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

माइक्रोफाइनान्सले पुस २१ गतेदेखि एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

संस्थाले प्रति साधारण शेयर एक सय रुपैयाँमा एक लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणहरुको लागि रहेको छ। त्यस्तै निष्काशन मध्ये ६६ सय कित्ता कर्मचारीहरुको लागि ८ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको हो।

लगानिकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता तथा अधिकतम ८ सय २० कित्ताको लागि दिन सकिने संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आवेदन छिटोमा २५ तथा ढिलोमा माघ ५ गते वन्द हुने क्यापिटलले जनाएको छ। साधारण शेयरको आवेदन आश्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ।सर्वसाधारण शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ हुनेछ। जसमा सर्वसाधारण तर्फ ३० प्रतिशत अर्थात एक करोड ६५ लाख रुपैयाँ र संस्थापक तर्फ ७० प्रतिशत अर्थात तीन करोड ८५ लाख रुपैयाँ हुनेछ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...