एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्ने माओवादीको निर्णय, यसरी हुँदैछन प्रचण्ड नै अध्यक्ष



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले एमालेसँग पार्टी एकताका लागि दबाब दिने निर्णय गरेको छ । पार्टीका दोस्रो तहका नेताहरको अनौपचारिक बैठकले चुनाव अघि जनतामाझ गरिएको प्रतिवद्धताअनुसार पार्टी एकताका लागि माओवादी तयार हुनुपर्ने निर्णय गरेको हो ।

पार्टी एकताका लागि दुवै दल जिम्मेवार बन्नुपर्नेमा बैठकले जोड दिएको छ । बैठकमा एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्नेमा माओवादीका नेताहरु एकमत भएका छन् ।

नेता टोपबहादुर रायमाझीले दिएको जानकारी अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको तर तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।

पार्टी एकता र नयाँ सरकार गठनकै विषयमा एमालेमो स्थायी समिति बैठक पनि आजै बस्दै छ । एमाले नेता भिम रावलले दिएको जानकारी अनुसार बैठक बसेर पार्टी एकतालाई तिब्रता दिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...