एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्ने माओवादीको निर्णय, यसरी हुँदैछन प्रचण्ड नै अध्यक्ष



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले एमालेसँग पार्टी एकताका लागि दबाब दिने निर्णय गरेको छ । पार्टीका दोस्रो तहका नेताहरको अनौपचारिक बैठकले चुनाव अघि जनतामाझ गरिएको प्रतिवद्धताअनुसार पार्टी एकताका लागि माओवादी तयार हुनुपर्ने निर्णय गरेको हो ।

पार्टी एकताका लागि दुवै दल जिम्मेवार बन्नुपर्नेमा बैठकले जोड दिएको छ । बैठकमा एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्नेमा माओवादीका नेताहरु एकमत भएका छन् ।

नेता टोपबहादुर रायमाझीले दिएको जानकारी अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको तर तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।

पार्टी एकता र नयाँ सरकार गठनकै विषयमा एमालेमो स्थायी समिति बैठक पनि आजै बस्दै छ । एमाले नेता भिम रावलले दिएको जानकारी अनुसार बैठक बसेर पार्टी एकतालाई तिब्रता दिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...