प्रदेशसभातर्फका समानुपातिक सभासद् चयन गर्दै एमाले , हेर्नुहोस कुन प्रदेशबाट को कोे बन्दैछन



हाम्रो इकोनोमि

राष्ट्रिय राजनीतिमा देखिएको समस्या समधानका विषयमा निकास खोज्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह १ बजेपछि बैठक बोलाइएको छ ।

बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । नयाँ सरकार अघि नै एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउने बताएका दुबै दलले त्यसको खाका समेत तयार गर्ने तयारी गरेका छन् ।

स्थायी कमिटि बैठकपछि सम्भव भए आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने बताइएको छ। त्यस्तै आजको बैठकले पार्टीले प्रदेशसभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने सचिव ज्ञवालीले जानकारी दिनुभयो । प्रदेशसभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलीसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...