महिला आन्दोलनले ल्याएको जागरण



हाम्रो इकोनोमि

विभिन्न जिल्लाका राजनीतिक दलका महिला अगुवाहरुले महिला आन्दोलनले समानताको जागरण ल्याएको बताएका छन् ।

महिला अधिकार शान्ति र सुशासनका लागि क्रियाशिल जागरण नेपालद्वार आयोजित स्थानीय सुशासन, निर्णायक तह र सवलिकारण विषयक छलफल कार्यक्रममा विभिन्न जिल्लाहरुबाट सहभागी अभियन्ताहरुले संविधानसभाबाट बनेको संविधान बमोजिम अधिकार स्थापित गरी व्यवहारमा उतार्नुपर्ने खाँचो रहेको औल्याएका छन् । जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महिला अगुवाहरुले हरेक तहमा ३३ प्रतिशतको सहभाािगतालाईकाम गरेर देखउनुपर्ने बेला आएको बताएका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) उपाध्यक्ष अक्ष्टलक्ष्मी शाक्यले स्थानीय तह र संघिय निर्वाचनबाट निर्वाचित महिलाहरुले काम गरेर देखाउने समय आएको बताउनु भएको छ ।

उहाँले महिला आन्दोनबाट महिलालमा चेतना बृद्धि भएको महिलाहरु गोलबद्ध भएको, महिला अधिकार स्थापित भएको, परिचय र पहिचान स्थापित भएको, महिला मैत्री संविधान बनाउन महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ ।

जागरण नेपालकी व्यवस्थापक मीना विष्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएपछि प्रारम्भ भएको छलफल कार्यक्रममा महिलाहरु विशेष गरी सिमान्तकृत समुदायको स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र रानीतिमा सहभागिता सवलीकरण परियोजना संयोजक दिपक वस्याल, नेपाल महिला संघका सचिव धना अतिवडा, महिला तथा बालबालिका मन्त्रालयका भरत शर्मा,वरिष्ठ पत्रकार टंक पन्त,वियोण्ड बेइजिङ कमिटिका संयोजक शान्तालक्ष्मी श्रेष्ठ, गैरसरकारी संस्था महासंघका कृष्ण गौत, लगाएले महिला आन्दोलन, राजीतिमा महिला सहभागिता, समान अधिकार लगाएतका विष्यमा प्रकाश पर्नुभएको थियो ।

कार्यक्रममा इलाम झापा, ताप्लेजुङ, पाँचथर, काभ्रे र मोर∙ जिल्लाका स्थानीय तहका विभिन्न राजनीतिक दलका महिला नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...