ओली र प्रचण्डको निर्णायक बार्ता सकियो,यस्तो-यस्तो भयो सहमती



हाम्रो इकोनोमि

बहुप्रतिक्षित र चासोको चरम बिन्दु बन्न पुगेको एमाले अध्यक्ष र माओवादी अध्यक्षबीचको छलफल एक हप्तापछि आज भएको छ । । गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर गएपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।

विभिन्न आशंका बढिरहेका बेला आज माओवादी अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रचण्डसंगको भेटका लागि ओली प्रतिक्षारत थिए । स्रोतका अनुसार पार्टी एकता र सरकार गठनका विषयमा ठोस सहमति भएको छ । दुई नेताबीचको छलफलको निश्कर्षका बारेमा दुबै नेताले केही बताएका छन् । वार्ताका निर्णयलाई केही समय गोप्य राखिने र केही सामान्य कुरा मात्र बाहिर ल्याउन दुवै नेता राजी भएका हुन्।

वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो। जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई नेताले गरेका छन्।दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो।

ओली निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले पत्रकारलाई प्रतिक्रिया दिँदै भने, ‘विभिन्न विषयमा छलफल भयो। पार्टी एकतामा कुनै समस्या छैन।’दुई नेताबीच मंगलबार नै भेट हुने भनिए पनि आन्तरिक छलफलका लागि भन्दै अन्तिम समयमा स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...