जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको छ : नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ ।”

नेता नेपालले नेपालको संविधान संसारकै गर्भ गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उहाँले “कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्,” भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने धारणा व्यक्त गर्नुभयो ।

“इमान्दारीपूर्वक काम गर्ने हो भने समृद्धि र विकास टाढा छैन”, उहाँले भन्नुभयो । नेता नेपालले आफ्नो पार्टी र नेकपा ९एमाले०का बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...