भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण



सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ ।

भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो । नवनिर्मित विद्यालय भवन मानवीय आस्था नेपालको संस्थापक संरक्षक एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विद्यालय परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

मानवीय सहयोग र भक्तपुरको विकास गर्ने उद्देश्यले भूकम्प गएको भोलिपल्ट अर्थात् २०७२ वैशाख १३ गते संरक्षक बस्नेतको नेतृत्वमा स्थापना भएको उक्त संस्थाले रु ६५ लाखको लागतमा विद्यालयको चारकोठे भवन निर्माण गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

नयाँ विद्यालय भवनमा पढ्न पाउँदा यहाँका विद्यार्थीमा खुसी छाएको बताउँदै बस्नेतले यस्तो खुसी गाउँगाउँमा पु¥याउने बताउनुभयो । युवालाई रोजगारी, सीप नभएका महिलालाई सीप, गाउँ गाउँमा स्कुल र स्वास्थ्य चौकीदेखि सडक, खानेपानी र ढलका लागि आफ्नो योगदान रहिरहने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शशिजंग थापाले अब भक्तपुरमा जनतालाई कुनै पनि कुराको अभाव हुन नदिने गरी विकासका लागि लागिरहने बताउनुभयो ।

मानवीय आस्था नेपालले विद्यालयलाई रु पाँच लाख बराबरको बेन्च, डेक्स, पुस्तकालयलगायतका भौतिक सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले जानकारी दिनुभयो । त्यसका साथै ३० जना विद्यार्थीलाई मासिक रु एक हजार ५०० का दरले छात्रवृत्ति वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार  ०६ : ३६  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु