यी हुनु पशुपति सम्सेर राणालाई दुई पटक हराउने सिन्धुपाल्चोकका लोकप्रिय नेता शेरवहादुर तामाङ



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक दुई वाट निर्वाचित शेरवहादुर तामाङले दुई पटक नै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता पशुपति सम्सेर राणालाई हराए । सिन्धुपाल्चोकमा चुनाव जितेर पच्चिस वसन्त मनाएका राणालाई यस पटक भने तामाङले फराकिलो मतान्तरमा पराजित गरे । उनको पराजय संगै अव सिन्धुपाल्चोकमा राणा शासनको अन्त्य भएको चर्चा हुन थालेको छ । उनै राणालाई हराउने शेरवहादुरलाई उनको पार्टीले मन्त्री वनाएर पुरस्कार दिने चर्चा पनि चलेको छ ।

हुनत नेकपा(एमाले) अहिलेसम्म तामाङ समुदाय वाट मन्त्री वनाएको पनि छैन । तर तामाङ जातको आधारमै फाईदा लिने पक्षमा छैनन् । किनभने उनले एमालेलाई जनजाती बिरोधी भनेर उपाध्यक्ष अशोक राई नै अन्यत्र लागेपछि त्यसको वचाउमा धेरै भाषणहरु गरेका थिए । उनी लगायत अरु युवा नेताहरुले नै एमाले जनजाती बिरोधी नभएको भन्दै सडक तताएका थिए । त्यो समय उनी रत्नपार्कको सडकमा एमालेको वचाउ गरिरहेका दृष्य अहिले पनि सामाजिक सञ्जालमा देखिन्छ ।

कानुनमा स्नातक अध्ययन गरेका शेरवहादुर एमालेभित्र लाभको पद नपाउने मध्येका पनि हुन् । उनी सरहका धेरै जनजाती नेताहरुले लाभको पद प्राप्त गरिसकेका छन् । गुट भन्दा पनि पार्टीको हितका लागि लाग्ने शेरवहादुर एमालेका जनजाती संगठनका बरिष्ठ उपाध्यक्ष पनि हुन् । यो संगठनको अध्यक्ष वन्ने प्रवल दावेदार भए पनि पार्टीको निर्णय मान्दै पार्टी सचिव पृथ्वी सुव्वालाई उनले अध्यक्ष मानेर आफू पछि हटेका थिए । भुकम्पका वेला सिन्धुपाल्चोकमा सकृय भूमिका निर्वाह गरेका शेरवहादुरले युवा संघको नेतृत्व तथा ईञ्चार्जको भूमिका पनि निर्वाह गरेका छन् ।

दुई चरणको निर्वाचन सम्पन्नपछि वन्ने नयाँ सरकारमा नयाँ मन्त्रीको चर्चा हुन थालेको छ । संसदमा सवैभन्दा ठूलो दल वनेको नेकपा९एमाले०को नेतृत्वमा सरकार गठन हुने निश्चितप्रायः भएपछि यो दल र गठवन्धन दल माओवादी केन्द्रमा पनि नयाँ मन्त्रीको चर्चा सुरु भएको छ । चर्चा संगै बिभिन्न नेताहरु मन्त्रीको लागि दौडधुपमा पनि लागेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री वने संगै मन्त्री मण्डलमा कृयाशिल तथा नयाँ अनुहारलाई ल्याउनु पर्ने दवाव पर्न थालेको छ । पटक पटक मन्त्री भएकाहरु वाट बिगतमा खासै चर्चायोग्य काम नभएका कारण पनि एमालेले नयाँ अनुहारलाई मन्त्री वनाउनु पर्ने दवाव सिर्जना गरेको छ । त्योसत अध्यक्ष ओलीलाई धेरै पहिलेदेखि नै साथ दिदै आएको केही सांसदहरुसमेत मन्त्री वनाउनु पर्ने दवावमा ओली छन् ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...