भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी भएको खुलासा



हाम्रो इकोनोमि

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो । सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको हो ।

सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा लेखा शाखामा कार्यरत हवल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो ।

बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...