भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी भएको खुलासा



हाम्रो इकोनोमि

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो । सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको हो ।

सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा लेखा शाखामा कार्यरत हवल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो ।

बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...