उपमेयरले लगाएको रानीपोखरीको ताला मेयर विद्यासुन्दरले तोडे



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको भ्रमण क्रममा संरक्षण अभियन्ताले रानीपोखरीको गेटमा लगाएको ताला केही समयपछि दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन्।

बिहान रानीपोखरी अवलोकनको क्रममा पुगेकी उपमेयर हरिप्रभाले खड्गीले ‘पुरातत्वको स्वीकृति विना बनेको रहेछ’ भनेकी थिइन्। उनको अबलोकन क्रममै पुरातत्वविद् र सम्पदाविद्का साथै स्थानीय संरक्षक अभियन्ताले रानीपोखरीमा तालाबन्दी गरेका थिए।

दिउँसो मेयर शाक्यसहितको टोलीले उक्त ताला तोडेका हुन्। शाक्यले ताला खोलेर रानीपोखरी भित्रै गएर अवलोकन गरी फर्किएका छन्। उनी गेटमा लगाएको रड खोलेर भित्र पसेका थिए।

शाक्यले व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने भन्दै रानी पोखरीको निर्माणका लागि आफूभन्दा पहिले नै सम्झौता भइसकेकाले काम अघि बढ्दे बताएका हुन्। उनले यसबारे थप अनुसन्धान गर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...