नेप्से ९ महिना यता कै न्यून बिन्दुमा, २० अंकले घट्दा ५४ करोडको सेयर कारोवार !



हाम्रो इकोनोमि

साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.६४ अंकले घटेर १४४७.०४ को बिन्दुमा पुगेर रोकिएको छ । यो ९ महिना यता कै न्यून बिन्दु हो ।

यस दिन १५९ कम्पनीको ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपियाँको कारोबार भएको छ । बैंकिङ १८, व्यापार ४, होटल २३, विकास बैंक ३६, जलविद्युत ३६, फाइनान्स १६, बिमा १३८, उत्पादन ३० र माइक्रोफाइनान्स उपसूचक ३२ अंकले ओर्लिएका छन्।

आज कारोबारमा आएका अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एभरेस्ट बैंक, चिलिमे हाइड्रो, नेपाल बैंक लगायत रहेका छन् ।

आज महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.७ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...