रमिला न्यौपानेले ल्याईन्, नयाँ गीति एल्बम -‘तल परिन्न’ हेर्नुहोस म्युजिक भिडियो



हाम्रो इकोनोमि

लोक गायिका रमीला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ सार्वजनिक भएको छ ।

आफ्नो काम गरेर तल परिन्न भन्ने बोलको गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् ।

गीतमा छोरा र छोरीले गर्ने काम भनी कामको वर्गीकरण भन्दा सक्ने काम सवैले गर्नुपर्छ भन्ने चेतनामुलक सन्देश दिन खोजिएको छ । आफ्नो कामलाई घृणा गर्ने आफै पछि पर्छन् भन्दै गीतमा भनिएको छ, राम्रो सोचाइ हुनेहरुले राम्रो काम गर्छन् ।

खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रालिबाट बजारमा आएको छ भने निर्देशक प्रकाश भट्टले भिडियोमा निर्देशन गरेका छन् ।

राजेश घिमिरेको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोमा खुमन र रमिलाले आफैंले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...