पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : प्रमुख शाक्य



काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिनुभएको छ ।

पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रमुख शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।” उहाँले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताउनुभयो ।

“पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”, प्रमुख शाक्यले भन्नुभयो, “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।

“रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं”, उहाँले भन्नुभयो, “सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।”

उहाँले रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविद्हरुले आपत्ति जनाएकोप्रति संकेत गर्दै भन्नुभयो । रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।

विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको