ईपीएल खेल : काठमाडौं बाहिरियो, विराटनगरको शतप्रतिशत जित



हाम्रो इकोनोमि

एभरेष्ट प्रिमियर लिगमा विराटनगरको अपराजित यात्रा कायमै राख्दै समूह बिजेता बनेको छ। जितसँगै विराटनगर क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

यता चार खेलमा पराजित भएको काठमाडौं भने बाहिरिएको छ। समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो।

सोमबारको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङसलाई ८ रनले हराउँदै सतप्रतिशत जित समूह बिजेता बनेको हो।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो।

विराटनगरका लागि विदेशी खेलाडी अंशुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। अंशुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनमा आउट भए। यस्तै कप्तान पारस खडकाले २६ रन थपेका थिए।

बलिङ काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले दुई-दुई विकेट लिएका थिए।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

उसका लागि फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए। नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्।

विराटनगरका लागि अंशुमान रथले ३ तथ बसन्त रेग्मीले २ विकेट लिए। पारस खड्का र करण केसीले १(१ विकेट हात पारे।

यो खेलसँगै विराटनगरको ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित काठमाडौं ५ खेलबाट २ अंक लिएको छ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...