काँग्रेसमा पार्टी सुधारको खाँचो छ : नेता सिंह



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो ।

“काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु”, नेता सिंहले भन्नुभयो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन”, उहाँले भन्नुभयो ।

काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उहाँको भनाइ थियो । उहाँले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...