अध्यादेशका बारेमा कुरा गर्न राष्ट्रपतिले बोलाईन्, फोरम र राजपाका नेतालाई शितलनिवास



हाम्रो इकोनोमि

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशलाई लिएर दलहरुबीच विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शलाई तीब्र पारेकी छन् । अध्यादेश प्रमाणिकरणको विषयमा प्रमुख दलहरुसँग यसअघि नै परामर्श गरेकी उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्न लागेकी हुन् ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाएको बताइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेपालका नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ ।

राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...