अध्यादेशका बारेमा कुरा गर्न राष्ट्रपतिले बोलाईन्, फोरम र राजपाका नेतालाई शितलनिवास



हाम्रो इकोनोमि

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशलाई लिएर दलहरुबीच विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शलाई तीब्र पारेकी छन् । अध्यादेश प्रमाणिकरणको विषयमा प्रमुख दलहरुसँग यसअघि नै परामर्श गरेकी उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्न लागेकी हुन् ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाएको बताइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेपालका नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ ।

राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...