नरम देखिएका प्रचण्ड एका-एक आक्रामक बन्दै यसो भने-केपी ओलीले पनि एकताको बिरोध गरे सकिन्छन अरुको त के नै कुरा रह्यो र,प्रधानमंत्री आलोपालो नै बन्ने हो



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन्।

रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख गर्दै त्यसको विरोधमा उत्रनेहरु छुटेर जाने बताए। नेताको अभिव्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दै दाहालले सबै विषयमा गम्भीर छलफल गरेर एकता प्रक्रिया टुंग्याउने दाबी गरे।

‘एक-दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्,’ दाहालले भने, ‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्। हामी सबै एकताप्रति इमान्दार छौं, सबै विषयमा गम्भीर छलफल गरेर एकतालाई टुंग्याउनेछौं।’ केपी ओलीले पनि एकताको बिरोध गरे सकिन्छन अरुको त के नै कुरा रह्यो र ।’

राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गर्दै दाहालले छलफलबाटै राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्ने बताए।
हिजो भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले एमालेसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...