नरम देखिएका प्रचण्ड एका-एक आक्रामक बन्दै यसो भने-केपी ओलीले पनि एकताको बिरोध गरे सकिन्छन अरुको त के नै कुरा रह्यो र,प्रधानमंत्री आलोपालो नै बन्ने हो



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन्।

रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख गर्दै त्यसको विरोधमा उत्रनेहरु छुटेर जाने बताए। नेताको अभिव्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दै दाहालले सबै विषयमा गम्भीर छलफल गरेर एकता प्रक्रिया टुंग्याउने दाबी गरे।

‘एक-दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्,’ दाहालले भने, ‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्। हामी सबै एकताप्रति इमान्दार छौं, सबै विषयमा गम्भीर छलफल गरेर एकतालाई टुंग्याउनेछौं।’ केपी ओलीले पनि एकताको बिरोध गरे सकिन्छन अरुको त के नै कुरा रह्यो र ।’

राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गर्दै दाहालले छलफलबाटै राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्ने बताए।
हिजो भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले एमालेसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...