ओली–दाहालले बनाए पार्टी एकताको यस्तो खाका, सरकार बन्नु अघि नै पार्टी एकिकरण हुने



हाम्रो इकोनोमि

पार्टी एकताको विषयमा दुवै पार्टीभित्र चलखेल सुरु भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहयोगी नराखी गृहकार्य थाल्नुभएको छ । कोर टिममा रहेका कतिपय नेता र सहयोगीबाटै एकताविरुद्ध चलखेल भएको जानकारी पाएपछि दुवै नेताले अति गोप्यता कायम राख्दै एकता गृहकार्य अघि बढाउनु भएको हो ।

ओली र दाहालसामु एकताको विपक्षमा लागेका कतिपय नेताको सूची पुगिसकेको छ । एमालेभित्रकै केही नेता र माओवादीका केही नेताहरू सेन्टिमेन्ट भड्काएर एकता भाँडन चाँहिरहेको सूचना ओली–दाहालसामु पुगेपछि कसैलाई जानकारी नदिई एकता गृहकार्य अघि बढेको हो । पार्टी एकीकरणको घोषणासहित तालमेल गर्ने निर्णय लिँदा पनि दुवै नेताले आफ्ना सहयोगीलाई समेत जानकारी दिएका थिएनन् ।

एकताका सूत्रधारहरूले आफूमा सीमित नराखे एकता भाँडिने सूचना दिएपछि ओली र दाहालले आफ्ना कोर टिमलाई समेत जानकारी नदिई एकताको विषयलाई अन्तिम निर्णयमा पुरपुर्याउनु भएको हो । ‘अहिले पनि दुवै नेता पहिलाको जसरी नै वान टु वान वार्ता गरी एकताको गृहकार्य गरिरहनुभएको छ, सचिवालयसहित कसैलाई जानकारी छैन,’ स्रोतले भन्यो ।

पछिल्लोपटक ओली र दाहालबीच बालुवाटारमा शुक्रबार आधा घण्टाभन्दा बढी वान टु वान वार्ता भएको छ भने त्यसअघि पनि थुप्रै वार्ता भएका छन् । कतिपय वार्ता रातको समयमा समेत भएको छ । सोही आधारमा ओलीले शुक्रबारको स्थायी कमिटी बैठकमा एकताको विषयमा माओवादी अध्यक्ष दाहाल अत्यन्तै इमानदार र लगनशील रहेको जानकारी गराउनु भएको थियो ।

पार्टी एकताको खाका तयार गर्न ओली र दाहालले बिहीबार राती झन्डै ६ घन्टा लामो छलफल गरेका थिए । दुई नेताबीच भावी सरकार, पार्टी एकता लगायतका विषयमा छलफल भएको हो । छलफलमा ओली र दाहालले पार्टी एकताका लागि संयुक्त वैचारिक दस्तावेज, एकतापछिको सांगठनिक खाका र एकताको मोडालिटी बारे समान धारणा बनाइसकेको स्रोतको भनाइ छ । वान टु वान वार्तामा भएको सहमतिलाई दुवै पार्टीको बैठकमा प्रस्तुतगरी अनुमोदन गर्ने निष्कर्ष ओली–दाहालले निकालेका छन ।

चुनावी नतिजापछि ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । माओवादी अध्यक्ष दाहालले चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेका छन् । सोहीअनुसार ओलीले नयाँ जनादेश अनुरूप कसरी पार्टी एकता गर्ने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने भन्ने विषयमा योजना बनाइरहेका छन् भने दाहालले ओलीलाई दह्रो साथ दिएका छन् ।

स्रोतका अनुसार माओवादीभित्रको केही नेताले दाहाललाई नै गुमराहमा पार्दै ओलीसँगको दुरी बढाउन लागेको जानकारी पाएपछि दुवै नेता अति गोप्य तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...