ओली–दाहालले बनाए पार्टी एकताको यस्तो खाका, सरकार बन्नु अघि नै पार्टी एकिकरण हुने



पार्टी एकताको विषयमा दुवै पार्टीभित्र चलखेल सुरु भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहयोगी नराखी गृहकार्य थाल्नुभएको छ । कोर टिममा रहेका कतिपय नेता र सहयोगीबाटै एकताविरुद्ध चलखेल भएको जानकारी पाएपछि दुवै नेताले अति गोप्यता कायम राख्दै एकता गृहकार्य अघि बढाउनु भएको हो ।

ओली र दाहालसामु एकताको विपक्षमा लागेका कतिपय नेताको सूची पुगिसकेको छ । एमालेभित्रकै केही नेता र माओवादीका केही नेताहरू सेन्टिमेन्ट भड्काएर एकता भाँडन चाँहिरहेको सूचना ओली–दाहालसामु पुगेपछि कसैलाई जानकारी नदिई एकता गृहकार्य अघि बढेको हो । पार्टी एकीकरणको घोषणासहित तालमेल गर्ने निर्णय लिँदा पनि दुवै नेताले आफ्ना सहयोगीलाई समेत जानकारी दिएका थिएनन् ।

एकताका सूत्रधारहरूले आफूमा सीमित नराखे एकता भाँडिने सूचना दिएपछि ओली र दाहालले आफ्ना कोर टिमलाई समेत जानकारी नदिई एकताको विषयलाई अन्तिम निर्णयमा पुरपुर्याउनु भएको हो । ‘अहिले पनि दुवै नेता पहिलाको जसरी नै वान टु वान वार्ता गरी एकताको गृहकार्य गरिरहनुभएको छ, सचिवालयसहित कसैलाई जानकारी छैन,’ स्रोतले भन्यो ।

पछिल्लोपटक ओली र दाहालबीच बालुवाटारमा शुक्रबार आधा घण्टाभन्दा बढी वान टु वान वार्ता भएको छ भने त्यसअघि पनि थुप्रै वार्ता भएका छन् । कतिपय वार्ता रातको समयमा समेत भएको छ । सोही आधारमा ओलीले शुक्रबारको स्थायी कमिटी बैठकमा एकताको विषयमा माओवादी अध्यक्ष दाहाल अत्यन्तै इमानदार र लगनशील रहेको जानकारी गराउनु भएको थियो ।

पार्टी एकताको खाका तयार गर्न ओली र दाहालले बिहीबार राती झन्डै ६ घन्टा लामो छलफल गरेका थिए । दुई नेताबीच भावी सरकार, पार्टी एकता लगायतका विषयमा छलफल भएको हो । छलफलमा ओली र दाहालले पार्टी एकताका लागि संयुक्त वैचारिक दस्तावेज, एकतापछिको सांगठनिक खाका र एकताको मोडालिटी बारे समान धारणा बनाइसकेको स्रोतको भनाइ छ । वान टु वान वार्तामा भएको सहमतिलाई दुवै पार्टीको बैठकमा प्रस्तुतगरी अनुमोदन गर्ने निष्कर्ष ओली–दाहालले निकालेका छन ।

चुनावी नतिजापछि ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । माओवादी अध्यक्ष दाहालले चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेका छन् । सोहीअनुसार ओलीले नयाँ जनादेश अनुरूप कसरी पार्टी एकता गर्ने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने भन्ने विषयमा योजना बनाइरहेका छन् भने दाहालले ओलीलाई दह्रो साथ दिएका छन् ।

स्रोतका अनुसार माओवादीभित्रको केही नेताले दाहाललाई नै गुमराहमा पार्दै ओलीसँगको दुरी बढाउन लागेको जानकारी पाएपछि दुवै नेता अति गोप्य तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्