प्रदेशसभातर्फ समानुपातिकको सीट बाँडफाँट, एमाले पहिलो दल बन्यो, हेर्नुहोस कसको कति सिट बिवरण सहित



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रवार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशको समानुपातिकर्फको नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार समानुपातिकतर्फ प्रदेश नम्बर २ बाहेक अन्य सबै ६ प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ ।

प्रदेश १ मा नेकपा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५, संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सीट पाएका छन् ।

प्रदेश नम्बर २ मा कांग्रेस ११ सीट ल्याउँदै समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रदेश २ मा कांग्रेस पछि राष्ट्रिय जनता पार्टी (राजपा)ले  १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७, माओवादी केन्द्रले ५ र  नेपाल संघीय समाजवादी पार्टीले १ सीट पाएको छ ।
प्रदेश नम्बर ३ मा एमालेले, १६ कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सीट पाएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले १, राप्रपाले १, राप्रपा प्रजातान्त्रिकले १ सीट पाएका छन् ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चाले १ र नयाँ शक्ति नेपालले १ सीट पाएको छ ।

प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, संघीय समाजवादी फोरमले २, राजपाले १ र  राष्ट्रिय जनमोर्चाले १ सीट पाएको छ ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले १ सीट पाएको छ ।

प्रदेश नम्बर ७ मा नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी ८–८ सीट पाएका छन् । माओवादीले ४ सीट पाउँदा प्रदेश नम्बर ७ मा राजपाले १ सीट प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फका कूल २२० सीटमध्ये सबैभन्दा बढी एमालेले ७५ सीट प्राप्त गरेको छ । नेपाली कांग्रेसले ७२ सीट प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ३५ सीट प्राप्त गरेको छ ।

यस्तै संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सीट पाएको छ । विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ३–३ सीट पाएका छन् । अन्य साना दल नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले समान १–१ सीट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...