चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा, यस्तो रहेछ प्रचण्ड र ओलीको भित्रि कुरा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठन हुने सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको खुलासा गरेका छन् ।

आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्वान्तिक सहमति भएको स्पष्ट पारे ।

उनले भने, ‘सम्भवत भोली एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौ, ओली र म बीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो ।’

अध्यक्ष दाहालले भोली नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा वामगठबन्धनभित्र लचिलो भएर अन्तिम निर्णय समेत गरिने बताए । आज पाँच दलबीच भएको छलफलमा कुनै निश्कर्ष ननिस्किए पनि यस्तो बैठक बस्न आवश्यक रहेको भन्दै अन्तिम टुंगोमा पुग्न सबै दल लचिलो बन्नुपर्ने बताए ।

यस्तै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि आज पाँच दलको बैठक बस्नु संयोग मात्रै भएको भन्दै बैठक बस्ने कुरा यसअघि नै भएको स्पष्ट पारे ।

प्रचण्डले एमाले अध्यक्ष ओली र म बीच बिहीबार राति ६ घण्टा कुरा गरेको भनेर मिडियामा आएको समाचार तथ्य नभएको समेत प्रष्ट पारे । अध्यक्ष प्रचण्ड बु्टवलमा भोली हुने एक कार्यक्रमका लागि आजै चितवन आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...