हरुवालाई सांसद बनाउन कांग्रेसले राष्ट्रिय सभा अध्यादेशमा किचलो गरेको तथ्य यसरी खुल्यो,यी हुन् मरिहत्ते गर्ने



हाम्रो इकोनोमि

नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माओबादी केन्द्रको बिरोधका कारण अध्यादेश रोकीएको छ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकले अध्यादेशका बारेमा कुनै सहमती गर्न सकेको छैन्। कांग्रेस नेतृत्व सरकारले राष्ट्रपतिले अध्यादेश फिर्ता गरे पनि पुन: पत्राचार गर्ने निर्णय गरेको छ। पुन: पत्राचार गर्दा राष्ट्रपतिले उक्त अध्यादेश रोक्न सक्ने छैनन्।

नेपाली कांग्रेस नेताद्वय पौडेल र निधी निकट नेताहरुले सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव लगेको र सभापति सकरात्मक रहेको श्रोतले जनाएको छ।

पौडेल र निधी दुवै प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। नेपाली कांग्रेस पार्टी भित्र राम्रो पकड भएका नेताद्वय सांसद हुन पर्ने उनी निकट नेता-कार्यकर्ताहरको ठहर रहेको छ।

राष्ट्रीय सभा निर्वाचन बिधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक ब्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...