हरुवालाई सांसद बनाउन कांग्रेसले राष्ट्रिय सभा अध्यादेशमा किचलो गरेको तथ्य यसरी खुल्यो,यी हुन् मरिहत्ते गर्ने



हाम्रो इकोनोमि

नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माओबादी केन्द्रको बिरोधका कारण अध्यादेश रोकीएको छ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकले अध्यादेशका बारेमा कुनै सहमती गर्न सकेको छैन्। कांग्रेस नेतृत्व सरकारले राष्ट्रपतिले अध्यादेश फिर्ता गरे पनि पुन: पत्राचार गर्ने निर्णय गरेको छ। पुन: पत्राचार गर्दा राष्ट्रपतिले उक्त अध्यादेश रोक्न सक्ने छैनन्।

नेपाली कांग्रेस नेताद्वय पौडेल र निधी निकट नेताहरुले सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव लगेको र सभापति सकरात्मक रहेको श्रोतले जनाएको छ।

पौडेल र निधी दुवै प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। नेपाली कांग्रेस पार्टी भित्र राम्रो पकड भएका नेताद्वय सांसद हुन पर्ने उनी निकट नेता-कार्यकर्ताहरको ठहर रहेको छ।

राष्ट्रीय सभा निर्वाचन बिधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक ब्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...