बालुवाटार बैठकमा जुटेन सहमति,२ दल एकातिर ३ दल अर्कातिर,अब के हुन्छ अध्यादेश?



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको विषय पेचिलो बन्दै जाँदा आज बालुवाटारमा बसेको पाँच दलको बैठकमा कुनै सहमति जुट्न सकेन।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुबीच सहमति जुट्न नसकेको बैठकपछि सञ्चारकर्मीलाई बताए।

५ दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसम्म पुगिसकेको अध्यादेशलाई पारित गर्नका लागि सघाउन अन्य दलसमक्ष आग्रह गरेका थिए।

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने सो अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन नभईकन प्रतिनिधिसभाले पूर्णता नपाउने सञ्चारकर्मीलाई बताए।

विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...