फुटबलमा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा



विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ ।

अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो ।

दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातौँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।