ओलीले लखेटेपछी हत्तु भएर देउवाले बोलाए ५ दलको बैठक,बालुवाटारमा को-को निम्त्याइए



हाम्रो इकोनोमि

राष्ट्रियसभा सम्बन्धी अध्यादेशको विषयमा देखिएको विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलको सर्वदलीय बैठक बोलाएका छन्। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।

देउवाले ५ वटा राष्ट्रिय पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुसँग छलफल गर्न लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। दलहरुबीचको विवादका कारण राष्ट्रपछि विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन्। राष्ट्रियसभा गठन पहिले कि सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच सहमति जुट्न नसक्दा राजनीतिक गतिरोध लम्बिएको छ।

चुनावयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक भेटघाट भएको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...