ओलीले लखेटेपछी हत्तु भएर देउवाले बोलाए ५ दलको बैठक,बालुवाटारमा को-को निम्त्याइए



हाम्रो इकोनोमि

राष्ट्रियसभा सम्बन्धी अध्यादेशको विषयमा देखिएको विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलको सर्वदलीय बैठक बोलाएका छन्। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।

देउवाले ५ वटा राष्ट्रिय पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुसँग छलफल गर्न लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। दलहरुबीचको विवादका कारण राष्ट्रपछि विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन्। राष्ट्रियसभा गठन पहिले कि सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच सहमति जुट्न नसक्दा राजनीतिक गतिरोध लम्बिएको छ।

चुनावयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक भेटघाट भएको छैन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...