साताको अन्तिम दिन १२.३२ अंकले झरेर बन्द भयो सेयर बजार



हाम्रो इकोनोमि

साताको अन्तिम दिन शेयर बजार १२.३२ अंकले घटेर १४७२.१५ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेर ३०९.९४ अंकमा झरेको छ।

यस साता कुनै पनि कारोबार दिन शेयर बजार बढेन। एक सातामा शेयर बजार ४८ अंकले घटेको छ। साताको पहिलो दिन १५२०.१५ अंकमा रहेको शेयर बजार अन्तिम दिन १४७२.१५ अंकमा ओर्लिएको छ।

बिहीबार १५३ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ४७ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो।

कारोबारमा आएका उत्पादन मुलक समूह बाहेकको सबै उपसूचक घटेका छन्। उत्पादन मुलक समूह ०.५९ प्रतिशतले बढेको छ। बैंक ०.४८, ट्रेडिङ ०.४८, होटल ०.५२, विकास बैंक १.१४, जलबिद्युत १.१२, फाइनान्स ०.३७, बीमा १.०१, अन्य २.६५ र लघुवित्त १.१७ अंकले घटेको छ।

महुली सामुदायिक लघुबित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। बिजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच...

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुल्यो

    नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत...