इपिएल क्रिकेट – भैरहवा विजयी



हाम्रो इकोनोमि

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको हो । भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १४२ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

यता ललितपुरले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

भैरहवाको जितमा पुनित विष्टले सर्वाधिक ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ३१, आरिफ शेखले २७, कप्तान शरद भेषवाकारले १३ तथा हरिशंकर शाहले १० रन जोडे । जितका लागि एक बलमा एक रन चाहिएको अवस्थामा भैरहवाका कृष्ण थापाले चौका प्रहार गरी आफ्नो टोलीको जित सुनिश्चित गरे ।

ललितपुरका लागि भारतीय बलर योगेश नागरले दुई तथा सुबोध भाटी, सन्दीप लामिछानेले समान एक÷एक विकेट हात पारे ।

यता ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्वाधिक ५४ रन जोडे पनि कप्तान ज्ञानेन्द्र मल्ल ४२, जयकिसन कोल्सावाला १४, राजवीर सिंह ८, कुशल भुर्तेल ४ तथा मेहबुब आलम २ रनमा बाहिरिए ।

भैरहवाका दिपेश श्रेष्ठ र आरिफ शेखले समान तीन÷तीन विकेट लिए भने पुनित विष्टले दुई तथा कप्तान शरद भेषवाकारले एक विकेट झारे ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...