पार्टी एकता कसरी गर्ने भन्ने बिषयमा साझा धारणा बनाउन एमालेको स्थायी कमिटीको बैठक बस्दै,यस्तो छ एमालेको योजना



हाम्रो इकोनोमि

पार्टी एकता र नयाँ सरकारका विष्यमा एमालेले छलफल सुरु गरेको छ । निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दैछ । बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने बारे छलफल हुनेछ । एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकता सँगै सरकारको नेतृत्व र पद तथा जिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ ।

बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउन लागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।

सीआईएनसँग कुरा गर्दै नेम्वाङले अध्यादेशको विषय राजनितिक विषय भएकाले छलफल बाटै एमालेले समाधान खोजेको बताउनुभयो । उहाँले सरकारले छलफलका लागि चासो नदिनु दुखद् भएको बताउनुभयो । सरकारले छलफल नगरे प्रमूख दलको हैसियतमा एमाले नै छलफलका लागि अग्रसर हुने पूर्व सभामुख नेम्वाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...