एक्लो छोरो गुमाए पछी प्रचण्ड पत्नी सीता अझै सम्हालिन सकिनन्,सीतालाई भुलाउन प्रचण्डले यसरी गर्दैछन ‘प्यार’



हाम्रो इकोनोमि

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्।

उनलाई पूर्ववत स्थितिमा ल्याउन प्रचण्डले हर कोशिष गरिरहेका छन्। सम्हालिन नसकेकी सीतालाई उनले पहिलेभन्दा बढि स्नेह दिएका छन्, माया दर्शाएका छन्।

चुनावी अभियानमै रहँदा ३ कार्तिकमा प्रकाशको निधन भयो। चुनावका कारण प्रचण्डले सीतालाई घुमाउन त लैजान पाएनन्। तर चुनाव अवधिभर उनको साथ छाडेनन्।

चुनाव सकिएलगत्तै चितवनको पर्यटकीय स्थल पटिहानी पुर्याए। काठमाडौं फर्केपछि पनि उनले बुधबार सीतालाई घुमाउन काभ्रेको धुलिखेल पुर्‍याए।

चुनावपछि जे जस्तो राजनीतिक परिस्थिति सिर्जना हुँदैछ, खासमा यो प्रचण्डका लागि घुमिहिँड्ने समय होइन र अरुबेला घुमफिरमा रुचि भएपनि राजनीतिक गतिरोध बढ्दा यसरी घुमफिर गरी हिँड्ने प्रचण्डको स्वभाव पनि होइन। तर पारिवारिक परिस्थितिका कारण उनी कहिले पटिहानी पुगेका छन् त कहिले धुलिखेल।

बुधबार काठमाडौंमा वामगठबन्धनको तर्फबाट विजयी प्रतिनिधिहरुलाई बधाई दिने कार्यक्रम भएपनि विह्वल सीताको मन भुलाउनका लागि उनी धुलिखेल पुगे। र, पत्नी सीतालाई त्यहाँको भट्टे डाँडास्थित स्याउ बगैंचा घुमाए। बगैंचामा बसेर उनले पत्नी सीतासँग फोटो पनि खिचाए। फोटोले देखाउँछ– सीता अझै सम्हालिएकी छैनन्।सीताको विह्वलपना मात्र होइन, सीताप्रतिको प्रचण्डको अपूर्व प्रेमपनि यो फोटोले देखाउँछ। प्रचण्ड–सीताका साथमा सुरक्षाका लागि खटिएका एकजना प्रहरी छन्, साथै जेठी छोरी गंगा केसीतर्फकी जेठी नातिनी सृष्टि दाहाल केसी पनि छिन्।

सीताप्रतिको माया प्रदर्शनका लागि नै होला, सीताको दुवै काँधमा आफ्ना दुई हात राखेर प्रचण्डले फोटो खिचाएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...