निर्वाचन प्रक्रिया पु¥याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ : नेता सिंह



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पु¥याएर काँग्रेसले सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

“काँग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,” उहाँले भन्नुभयो । सत्ताका लागि काँग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरुले काँग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गर्नुभयो ।

प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...