नेप्से दोहोरो अंकले ओरालो



हाम्रो इकोनोमि

धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

आज बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बीमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरोलो लागेको छ ।

विस्तारै सङ्लिन्छ बजार

शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उहाँको भनाइ छ ।

सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उहाँले टिप्पणी गर्नुभयो । नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गर्नुभयो ।

शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन् । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब रकम पु¥याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...