ओलीसँगै रसुवागढी जाने कार्यक्रम अचानक किन रद्द गरे प्रचण्डले,आन्तरिक कार्यक्रम भने पनि ओलीले चिनियाँ अधिकारीसँग भेट्ने



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मंगलबार उत्तरी सीमा रसुवागढी जाने कार्यक्रम थियो ।
त्यहाँ दुवै नेताले पारिबाट आएका उच्च चिनियाँ अधिकारी भेट्ने कार्यक्रम तय गरिएको थियो । तर, अचानक प्रचण्डले ओलीसँग रसुवागढी जाने कार्यक्रम रद्ध गरे । रसुवागढी जानकै लागि चुनावी समीक्षाका लागि सोमबार सुरु केन्द्रीय कार्यालय बैठक मंगलबारका लागि राखिएको थिएन ।

प्रचण्डका लागि एक र ओलीसहित एमाले नेताका लागि तीनवटा हेलिकोप्टर व्यवस्था गरिएको थियो । तर, प्रचण्ड नगएपछि ओलीको टोली मात्र सरुवागढी पुगेको छ । ‘पहिला सीएम (प्रचण्ड) पनि आउने खबर भएको थियो’, माओवादी केन्द्र रसुवाका एक नेताले भने, ‘पछि सीएम नआउने, ओली मात्र आउने खबर पाएपछी हामी पनि रसुवागढी गएनौं ।’

प्रचण्डको निजी सचिवालयले कार्यव्यस्तताका कारण प्रचण्ड आउन नसकेको खबर गरेको उनले जनाए । ती नेताका अनुसार एमाले नेताहरुले आन्तरिक कार्यक्रम भने पनि चिनियाँ अधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालमा सरकार गठनको रस्साकस्सी चलिरहेका बेला दुवै छिमेकी चीन र भारतले चासो बढाउँदै लगेका छन् ।

भारत बाम गठबन्धन भत्काउन उद्धत छ । त्यसैका लागि उसले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरिसकेको छ । यद्यपि प्रचण्डले भारतीय प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । चीन भने नेपालमा बामपन्थी नेतृत्वमा सरकार बन्न लागेकामा उत्साहित छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...