ओलीसँगै रसुवागढी जाने कार्यक्रम अचानक किन रद्द गरे प्रचण्डले,आन्तरिक कार्यक्रम भने पनि ओलीले चिनियाँ अधिकारीसँग भेट्ने



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मंगलबार उत्तरी सीमा रसुवागढी जाने कार्यक्रम थियो ।
त्यहाँ दुवै नेताले पारिबाट आएका उच्च चिनियाँ अधिकारी भेट्ने कार्यक्रम तय गरिएको थियो । तर, अचानक प्रचण्डले ओलीसँग रसुवागढी जाने कार्यक्रम रद्ध गरे । रसुवागढी जानकै लागि चुनावी समीक्षाका लागि सोमबार सुरु केन्द्रीय कार्यालय बैठक मंगलबारका लागि राखिएको थिएन ।

प्रचण्डका लागि एक र ओलीसहित एमाले नेताका लागि तीनवटा हेलिकोप्टर व्यवस्था गरिएको थियो । तर, प्रचण्ड नगएपछि ओलीको टोली मात्र सरुवागढी पुगेको छ । ‘पहिला सीएम (प्रचण्ड) पनि आउने खबर भएको थियो’, माओवादी केन्द्र रसुवाका एक नेताले भने, ‘पछि सीएम नआउने, ओली मात्र आउने खबर पाएपछी हामी पनि रसुवागढी गएनौं ।’

प्रचण्डको निजी सचिवालयले कार्यव्यस्तताका कारण प्रचण्ड आउन नसकेको खबर गरेको उनले जनाए । ती नेताका अनुसार एमाले नेताहरुले आन्तरिक कार्यक्रम भने पनि चिनियाँ अधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालमा सरकार गठनको रस्साकस्सी चलिरहेका बेला दुवै छिमेकी चीन र भारतले चासो बढाउँदै लगेका छन् ।

भारत बाम गठबन्धन भत्काउन उद्धत छ । त्यसैका लागि उसले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरिसकेको छ । यद्यपि प्रचण्डले भारतीय प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । चीन भने नेपालमा बामपन्थी नेतृत्वमा सरकार बन्न लागेकामा उत्साहित छ ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...