जर्मनीले दमौली–लेखनाथ प्रसारण लाइन निर्माणका लागि १ अर्ब ८१ करोड अनुदान दिने



हाम्रो इकोनोमि

संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिब एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ ।

दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको यहाँस्थित जर्मन राजदूतावासले जनाएको छ ।

जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाका निम्ति एक अर्ब ९३ करोड ६० लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । लेखनाथ–दमौली दुईसय २० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल तीन अर्ब ७५ करोड १० लाख प्राप्त हुनेछ ।

सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...