अब सवारी दुर्घटनामा परेका घाईतेको उपचार सरकारले नि:शुल्क गर्ने



हाम्रो इकोनोमि

सरकारले सवारी दुर्घटनामा परेका घाइतेको उपचार निःशुल्क गर्ने तयारी गरेको छ । यस्तो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुर्घटनाका घाइतेको निःशुल्क उपचार व्यवस्था मिलाउने प्रस्तावलाई सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद् बैठकमा लैजान लागेको मन्त्रालयका निमित्त सचिव डा.पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “रोड ट्राफिक हस्पिटल केयर’ कार्यक्रमअन्तर्गत छुट्टै सामाजिक सुरक्षा कोष व्यवस्था गर्ने तयारी छ ।”

पेट्रोलियम पदार्थ बिक्रीको थोरै प्रतिशत कोषमा जम्मा गरी सवारी दुर्घटनाका घाइतेको उपचारको व्यवस्था मिलाउने सरकारी तयारी छ । यसका लागि प्रतिलिटर पेट्रोल तथा डिजेल बिक्रीबाट एक पैसा कोषमा जम्मा गर्ने प्रस्ताव गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले दुर्घटनापछिको उपचार खर्चिलो हुने भएकाले घाइतेलाई सहुलियत होस् भनेर यस्तो प्रस्ताव गरिएको बताए । तत्काल उपचारका लागि चिकित्सकसहितको मोबाइल रेस्क्यु टोलीको पनि व्यवस्था गरिने उनले जानकारी दिए । “दुर्घटना भएको थाहा पाउनासाथ चिकित्सक घटनास्थलमै गई सामान्य उपचार गर्ने र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा सुरक्षित ढंगले पठाइनेछ,” उनले भने ।

मन्त्रिपरिषद्बाट प्रस्ताव पास भएपछि कोष खडा गर्ने र अन्य काम अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...