अब सवारी दुर्घटनामा परेका घाईतेको उपचार सरकारले नि:शुल्क गर्ने



हाम्रो इकोनोमि

सरकारले सवारी दुर्घटनामा परेका घाइतेको उपचार निःशुल्क गर्ने तयारी गरेको छ । यस्तो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुर्घटनाका घाइतेको निःशुल्क उपचार व्यवस्था मिलाउने प्रस्तावलाई सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद् बैठकमा लैजान लागेको मन्त्रालयका निमित्त सचिव डा.पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “रोड ट्राफिक हस्पिटल केयर’ कार्यक्रमअन्तर्गत छुट्टै सामाजिक सुरक्षा कोष व्यवस्था गर्ने तयारी छ ।”

पेट्रोलियम पदार्थ बिक्रीको थोरै प्रतिशत कोषमा जम्मा गरी सवारी दुर्घटनाका घाइतेको उपचारको व्यवस्था मिलाउने सरकारी तयारी छ । यसका लागि प्रतिलिटर पेट्रोल तथा डिजेल बिक्रीबाट एक पैसा कोषमा जम्मा गर्ने प्रस्ताव गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले दुर्घटनापछिको उपचार खर्चिलो हुने भएकाले घाइतेलाई सहुलियत होस् भनेर यस्तो प्रस्ताव गरिएको बताए । तत्काल उपचारका लागि चिकित्सकसहितको मोबाइल रेस्क्यु टोलीको पनि व्यवस्था गरिने उनले जानकारी दिए । “दुर्घटना भएको थाहा पाउनासाथ चिकित्सक घटनास्थलमै गई सामान्य उपचार गर्ने र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा सुरक्षित ढंगले पठाइनेछ,” उनले भने ।

मन्त्रिपरिषद्बाट प्रस्ताव पास भएपछि कोष खडा गर्ने र अन्य काम अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...