इपिएलमा पोखरा विजयी



हाम्रो इकोनोमि

एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७.२ ओभरमा लक्ष्य पूरा ग¥यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाए ।

बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए भने कप्तान शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...