राष्ट्रपति र एमाले अध्यक्ष ओली बिरुद्द क्षेप्यास्त्र हान्न २ बजे देउवा सरकारले यसरी गर्दैछ पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

सरकारले राष्ट्रियसभा अध्यादेश र नयाँ सरकार गठनका बारेमा औपचारिक धारणा सार्वजनिक गर्दैछ ।
सरकारले मंगलबार दिउँसो २ बजे सञ्चार मन्त्रालयमा यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउन लागेको हो ।

कम्युनिष्ट गठबन्धनले निर्वाचनमा बहुमत ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारका लागि सहजीकरण गर्न पत्रकार सम्मेलन नै आयोजना गरेपछि सरकारले पनि आफ्नो धारणा राख्न थालेको हो ।

गत आइतबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले देउवालाई गतिरोध नगर्न सुझाव दिएका थिए ।

तर सरकारले राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै आपत्ति जनाएको छ ।
देउवा सरकारले राष्ट्रिय सभाको निर्वाचन पनि यही सरकारले गराउनु पर्ने अडान राख्दै आएको छ ।

राष्ट्रपछि विद्यादेवी भण्डारीले पाँच हप्ताअघि नै सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश रोकेकी छिन् ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि नै पेश परेको अध्यादेश रोक्नुलाई सरकारले गम्भीर रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...