राष्ट्रपति बन्न जाँगर नभएको सुनाउदै माधब नेपालले भने-‘एमालेको नीति र प्रचण्डको नेतृत्वको अब अर्को विकल्प छैन’



हाम्रो इकोनोमि

पार्टी एकताको लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व नदिन एमालेको नेतृत्व पंक्ति लागिरहेको बेलामा एमालेका प्रभावशाली नेता माधव कुमार नेपाल भने नेतृत्वको विपक्षमा देखिएका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत आफैं बन्ने प्रयासमा रहेका केपी ओलीको कारण एमालेप्रति माओवादी सशंकित बनिरहेको बेलामा एमाले नेता नेपालले भने माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी सभापति दिनुपर्ने तर्क गरेका छन् ।

यस अघि सहमति भए बमोजिम प्रचण्डको नेतृत्व आफूहरुले स्वीकार्नुपर्ने तर्क एमाले नेता नेपालले गरेका हुन् । काठमाडौंमा पत्रकारहरुसँगको कुराकानीका क्रममा नेता नेपालले एमालेले आफ्नो पार्टीको नीति भने छाड्न नहुने तर्क गरेका छन् । उनले पार्टीको नीतिगत आधार जनताको बहुदलीय जनवाद रहेको बताएका छन् भने प्रचण्डको नेतृत्व स्वीकार्न एमाले तयार हुनु पर्ने धारणा व्यक्त गरे । उनले भने ‘पुष्पलाल सबैको साझा नेता हो, मनमोहन सर्वस्वीकार्य नेता हो, मदन भण्डारी सबैको साझा नेता भइसक्नुभयो, मान्दिनँ भनेर हुन्छ रु पुष्पकमल दाहालजीको योगदानलाई एमालेले नमानेर हुन्छ ? कसैले कसैलाई नमान्ने हो भने एकतामा समस्या पर्न सक्छ ।’

उनले आफूले चाहेको भए यस भन्दा अघि नै आफू राष्ट्रपति बन्न सक्ने भन्दै आफू अहिले तत्कालै राष्ट्रपति बन्ने सोचमा नरहेको बताएका छन् । उनले आफू ७० वर्ष नाघेपछि मात्रै राष्ट्रपति तिर ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...