राष्ट्रपति बन्न जाँगर नभएको सुनाउदै माधब नेपालले भने-‘एमालेको नीति र प्रचण्डको नेतृत्वको अब अर्को विकल्प छैन’



हाम्रो इकोनोमि

पार्टी एकताको लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व नदिन एमालेको नेतृत्व पंक्ति लागिरहेको बेलामा एमालेका प्रभावशाली नेता माधव कुमार नेपाल भने नेतृत्वको विपक्षमा देखिएका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत आफैं बन्ने प्रयासमा रहेका केपी ओलीको कारण एमालेप्रति माओवादी सशंकित बनिरहेको बेलामा एमाले नेता नेपालले भने माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी सभापति दिनुपर्ने तर्क गरेका छन् ।

यस अघि सहमति भए बमोजिम प्रचण्डको नेतृत्व आफूहरुले स्वीकार्नुपर्ने तर्क एमाले नेता नेपालले गरेका हुन् । काठमाडौंमा पत्रकारहरुसँगको कुराकानीका क्रममा नेता नेपालले एमालेले आफ्नो पार्टीको नीति भने छाड्न नहुने तर्क गरेका छन् । उनले पार्टीको नीतिगत आधार जनताको बहुदलीय जनवाद रहेको बताएका छन् भने प्रचण्डको नेतृत्व स्वीकार्न एमाले तयार हुनु पर्ने धारणा व्यक्त गरे । उनले भने ‘पुष्पलाल सबैको साझा नेता हो, मनमोहन सर्वस्वीकार्य नेता हो, मदन भण्डारी सबैको साझा नेता भइसक्नुभयो, मान्दिनँ भनेर हुन्छ रु पुष्पकमल दाहालजीको योगदानलाई एमालेले नमानेर हुन्छ ? कसैले कसैलाई नमान्ने हो भने एकतामा समस्या पर्न सक्छ ।’

उनले आफूले चाहेको भए यस भन्दा अघि नै आफू राष्ट्रपति बन्न सक्ने भन्दै आफू अहिले तत्कालै राष्ट्रपति बन्ने सोचमा नरहेको बताएका छन् । उनले आफू ७० वर्ष नाघेपछि मात्रै राष्ट्रपति तिर ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...