इपिएल क्रिकेट : ललितपुर प्याट्रियट्स विजयी



हाम्रो इकोनोमि

राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो ।

ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ रनको योगदान दिए । उनले ४७ बलमा दुई छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले २० र राजवीर सिंहले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि श्रीलंकन खेलाडी अक्षु फर्नाण्डोले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको काठमाडौँले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन जोडे । उनले २८ बल खेल्दै चार चौका प्रहार गरे । अक्षु फर्नाण्डोले १५, सोमपाल कामी १४ तथा कप्तान महरुफ फरवेज र सुबोध कुमारले सात÷सात रन बनाए ।

बलिङतर्फ ललितपुरका लागि सुबोध भाटीले चार, ललितनारायण राजवंशीले तीन, मेहबुव आलमले दुई र योगेश नागरले एक विकेट लिए । प्रतियोगितामा ललितपुरका ललितनारायण म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।

मंगलबार पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोजका बीच तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सका बीच हुनेछ । प्रतियोगिताको विजेताले रु २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...