इपिएल क्रिकेट : ललितपुर प्याट्रियट्स विजयी



राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो ।

ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ रनको योगदान दिए । उनले ४७ बलमा दुई छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले २० र राजवीर सिंहले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि श्रीलंकन खेलाडी अक्षु फर्नाण्डोले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको काठमाडौँले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन जोडे । उनले २८ बल खेल्दै चार चौका प्रहार गरे । अक्षु फर्नाण्डोले १५, सोमपाल कामी १४ तथा कप्तान महरुफ फरवेज र सुबोध कुमारले सात÷सात रन बनाए ।

बलिङतर्फ ललितपुरका लागि सुबोध भाटीले चार, ललितनारायण राजवंशीले तीन, मेहबुव आलमले दुई र योगेश नागरले एक विकेट लिए । प्रतियोगितामा ललितपुरका ललितनारायण म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।

मंगलबार पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोजका बीच तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सका बीच हुनेछ । प्रतियोगिताको विजेताले रु २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ