झिनो अंकले घट्यो बजार, पौने ५७ करोडको सेयर कारोवार



साताको दोस्रो दिनको सेयरबजार झिनो अंकले ओरालो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । आज नेप्से परिसूचक ०.८९ अंकले घटेर १५०८.२५ अंकमा ओर्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले घटेर ३१७.८० अंकमा झरेको छ।

सोमबार १६३ कम्पनीका १२ लाख २५ हजार कित्ता शेयर ५६ करोड ८३ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड २० लाख रुपैयाँको कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। १० समूहको कारोबारमा ६ समूह बढेका छन् भने चार समूह घटेको छ। बैंक ०.२३, विकास बैंक ०.७१, बीमा ०.३३ र लघुवित्त ०.११ प्रतिशतले घटेका छन्। ट्रेडिङ ०.३६, होटल ०.११, जलबिद्युत ०.६६, फाइनान्स ०.४४, उत्पादनमूलक ०.८४ र अन्य ०.९५ प्रतिशतले बढेका छन्।

प्रोग्रेसिभ फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी सात प्रतिशत कमाएका छन्। ललितपुर फाइनान्सका शेयरधनीले आठ प्रतिशत गुमाए।

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार  १० : ३७  बजे

प्रतिक्रिया दिनुहोस
४१औ वार्षिक उत्सव मनाउदै नबिल बैंक

    नबिल बैंक लिमिटेडले आफ्नो ४१औ बार्षिक उत्सव मनाउने भएको छ ।

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

     नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज

दिगो बैंकिङमार्फत नबिलको विभिन्न उपलब्धि हासिल

    नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म