झिनो अंकले घट्यो बजार, पौने ५७ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको दोस्रो दिनको सेयरबजार झिनो अंकले ओरालो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । आज नेप्से परिसूचक ०.८९ अंकले घटेर १५०८.२५ अंकमा ओर्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले घटेर ३१७.८० अंकमा झरेको छ।

सोमबार १६३ कम्पनीका १२ लाख २५ हजार कित्ता शेयर ५६ करोड ८३ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड २० लाख रुपैयाँको कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। १० समूहको कारोबारमा ६ समूह बढेका छन् भने चार समूह घटेको छ। बैंक ०.२३, विकास बैंक ०.७१, बीमा ०.३३ र लघुवित्त ०.११ प्रतिशतले घटेका छन्। ट्रेडिङ ०.३६, होटल ०.११, जलबिद्युत ०.६६, फाइनान्स ०.४४, उत्पादनमूलक ०.८४ र अन्य ०.९५ प्रतिशतले बढेका छन्।

प्रोग्रेसिभ फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी सात प्रतिशत कमाएका छन्। ललितपुर फाइनान्सका शेयरधनीले आठ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...